महिला बिच भलिबल: उद्घाटन खेलमा वाग्मती र गण्डकी भिड्दै – Nepal Press

महिला बिच भलिबल: उद्घाटन खेलमा वाग्मती र गण्डकी भिड्दै

पाल्पा । सन्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा वाग्मती र गण्डकी प्रदेश भिड्दैछन् । पाल्पाको तानसेनस्थित रानीमहलमा हुने प्रतियोगितामा पहिलो दिन बिहीबार ६ खेलहरु हुनेछन् ।

खेल तालिकाअनुसार प्रतियोगितामा नौ टीमको सहभागिता रहेको छ । प्रत्येक टीमलाई क्रमशः समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा विभाजन गरिएको छ । पहिलो खेलमा समूह ’ए’मा रहेको मधेस प्रदेश र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सात बजे सुरु हुनेछ ।

आठ बजे हुन दोस्रो खेलमा समूह ’बी’ को सुदूरपश्चिम र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, तेस्रो खेलमा समूह ’सी’ को लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् । यसैगरी दिनको चौथो खेलमा समूह ’ए’ को प्रदेश एक र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो १२ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ’डी’ को वाग्मती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । दिनको अन्तिम खेलमा समूह ’ए’ को एपिएफ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश एक सहभागी छन् ।

समूह ’ए’ मा मधेस प्रदेश, प्रदेश एक र एपिएफ, समूह ’बी’ मा सुदूरपश्चिम र कर्णाली, समूह ’सी’ मा लुम्बिनी प्रदेश र पुलिस, समूह ’डी’ मा वाग्मती र गण्डकी प्रदेश छन् ।

महिला बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर