बेन्जेमाको ह्याट्रिकमा मड्रिड विजयी: चेल्सी पराजत, भिल्लारियासँग बायर्न हार्यो – Nepal Press

बेन्जेमाको ह्याट्रिकमा मड्रिड विजयी: चेल्सी पराजत, भिल्लारियासँग बायर्न हार्यो

काठमाडौं । कारिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियाल मड्रिडले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीलाई ३–१ गोलको नतिजमा पराजित गरेको छ ।

बुधबार राति चेल्सीको घरेलु मैदान स्टाम्फेर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीमाथि सानदार जित निकाल्दै रियालले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

रियालको जितमा बेन्जेमाले ह्याट्रिक गरे । च्याम्पियन्स लिगमा उनको लगातार दोस्रो ह्याट्रिक हो । यसअघि उनले अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध बेन्जेमाकै ह्याट्रिक मद्दतमा मड्रिड क्वाटर फाइनल पुगेको थियो ।

खेलको २१औं मिनेटमा बेन्जेमाको गोलमा अग्रता बनाएको मड्रिडका लागि त्यसको तीन मिनेट नबित्दै बेन्जीमाले पुनः गोल गर्दै अग्रता दोब्बर पारे । काई हाभेर्टेजले ४०औं मिनेटमा चेल्सीका लागि पहिलो गोल फर्काए ।

तर, बेन्जेमाले ४६औं मिनेटमा ह्याट्रिक पूरा गर्दै मड्रिडका लागि तेस्रो गोल गरेका थिए । त्यसपछि खेलको निर्धारित समयसम्मपनि थप गोल हुन सकेन । रियालको जितमा पहिलो हाफमा भएको ३–१ गोलको नतिजा निर्णायक बन्यो ।

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा भिल्लारियलले बायर्न म्युनिकलाई १–० गोलको नतिजमा पराजित गर्यो ।

बायर्नको घरेलु मैदानमा भएको खेलमा भिल्लारियाललाई जित दिलाउन अर्नाउट दानजुमाले खेलको ८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

दोस्रो लेगको खेलहरु अप्रिल १३ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर