सुपारी आयातको इजाजत रोक्न संसदीय समितिको सरकारलाई निर्देशन – Nepal Press

सुपारी आयातको इजाजत रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं । सुपारी आयातको इजाजत रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयात इजाजत पत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा पुगेर समितिले यस्तो निर्देशन दिएको उनको भनाई छ ।

समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको समिति सभापति श्रीवास्तवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *