७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने एडिबीको प्रक्षेपण, यस्तो देखियो अर्थतन्त्र – Nepal Press

७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने एडिबीको प्रक्षेपण, यस्तो देखियो अर्थतन्त्र

काठमाडौं । एसियाली विकास बैंकले नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नगर्ने बताएको छ । आगामी आर्थिक वर्षबाट नेपालको आर्थिक विकासमा सुधार हुँदै जाने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको एसियाली विकास बैंकले जनाएको छ । यसैगरी गत आर्थिक वर्ष २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने बताइएको छ ।

यसैगरी नेपालको मुद्रास्फिति चालु आर्थिक वर्ष ६ दशमलव ५ प्रतिशतको सीमाभित्रै रहने छ । सन २०२० मा ६ दशमवलव २ प्रतिशत रहेको मुद्रास्फिति गत आर्थिक वर्ष ३ दशमलव ६ प्रतिशतमा खुम्चिएको थियो । यसैगरी आगामी आर्थिक वर्ष यस्तो मुद्रास्फिति ६ दशमलब २ को बाञ्चितसीमाभित्र रहने बताइएको छ ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खाताघाटा बढेर ९.७ प्रतिशत पुगेको एसियाली विकास बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कोभिड सुरू हुँदाको वर्ष २०७६/७७ मा यस्तोघाटा ०.९ प्रतिशत रहेकोमा गत वर्ष ८ प्रतिशत पुगेको थियो । आगामी आर्थिक वर्ष ६.१ प्रतिशतमा सीमित रहने एसियाली विकास बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *