खेल दिवसका अवसरमा ओलम्पिक कमिटीले लुम्बिनीमा विविध कार्यक्रम गर्दै – Nepal Press

खेल दिवसका अवसरमा ओलम्पिक कमिटीले लुम्बिनीमा विविध कार्यक्रम गर्दै

रूपन्देही । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, दीप प्रज्वलनलगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्वभर अप्रिल ६ (चैत्र २३)का दिन विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसैक्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिए ।

लुम्बिनीमा वाकाथुन, दीप प्रज्वलन साथै लुम्बिनीस्थित विभिन्न स्वदेशी तथा विदेशी बिहारका भिक्षुहरुको उपस्थितिमा विश्व शान्तिका लागि प्रार्थना गरिने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी, प्रदेशका खेलकुद मन्त्री वसिउद्धिन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयसमेत सहभागी हुनेछन् । मुख्यमन्त्रीले विश्व शान्ति द्धिप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परिसरमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

One thought on “खेल दिवसका अवसरमा ओलम्पिक कमिटीले लुम्बिनीमा विविध कार्यक्रम गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर