आरबीबी-एनभिए भलिबल लिग वैशाख दोस्रो सातादेखीः पुरसकार रासीमा बृद्धि – Nepal Press

आरबीबी-एनभिए भलिबल लिग वैशाख दोस्रो सातादेखीः पुरसकार रासीमा बृद्धि

काठमाडौं । छैठौं आरबीबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग वैशाख १८ गतेदेखी हुने भएको छ ।

नेपाल भलिबल संघको आयाजनामा हुने लिगमा ७ पुरुष र ५ महिला टिमले सहभागिता जनाउने छन् । जसमा पुरुष तर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् ।

यस्तै, महिला तर्फ त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमी रहेका छन् ।

प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने र अन्तिम दुईमा रहेका टिम बिच उपाधीका लागि प्रतिस्पर्धा गराईने संघका महासचिव जितेन्द्रबहादुर चन्दले मंगलबार आयोति पत्रकार सम्मेलमा जानकारी गराए ।

यस पटक संघले पुरस्कार रासीमा पनि बृद्धि गरेको छ । जसमा प्रथमले ६ लाख, द्वितीयले ३ लाख, तृतीयले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार नगद प्राप्त गर्ने छन् ।

यस्तै, महिला तथा पुरुष उत्कृष्ट खेलाडीले ३५/३५ हजार र ब्यक्तिगत विधा तर्फका खेलाडीहरुले जनही १५/१५ हजार प्राप्त गर्ने छन् ।

नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

विगतका च्याम्पियनसिपमा जस्तै छैंटौ पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले प्रायोजनलाई निरन्तराता प्रदान गरेको हो । नेपाल भलिबल संघ संग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आईपुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर