ब्लुस्टारविरुद्ध पहिलो हाफमा मछिन्द्र दुई गोलले पछि – Nepal Press

ब्लुस्टारविरुद्ध पहिलो हाफमा मछिन्द्र दुई गोलले पछि

काठमाडौं । एएफसी एसिया कप छनोट अन्तरर्गत प्रारम्भिक चरणको जारी खेलको पहिलो हाफमा मछिन्द्र फुटबल क्लब ब्लुस्टारविरुद्ध दुई गोलले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा जारी खेलमा ब्लुस्टारलाई अग्रता दिलाउन मोहमद इसान र सेनाल सन्देशले गोल गरे । मछिन्द्रले थुपै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

खेलको नवौं मिनेटमा मछिन्द्रले अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । विमल घर्ती मगरले मैदानको मध्यभागबाट दिएको पासलाई नुर्लान नोबुरजोभले पेनाल्टी बक्सको ठिक बाँयातर्फबाट गरेको प्रहार फ्रेममा परेन ।

ब्लुस्टारले खेलको १५औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्ननसक्दा अग्रता बनाउनबाट चुक्यो । मछिन्द्रका ओमोलाजा कारिमले ब्लुस्टारका सोनल सन्देशलाई बक्समा फाउल गरेपछि ब्लुस्टारले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई जेरी अम्बेबेले गोलमा परिणत गर्न सकेनन् । जेरीले प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पोष्टको बाँयातर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे ।

खेलको २४औं मिनेटमा मोहमद इसानले गोल गर्दै ब्लुस्टारलाई अग्रता दिलाएका थिए । उनले फिजलको किक फ्रिकिकलाई फ्लिक गर्दै सहज गोल गरेका थिए ।

त्यसको चार मिनेट नबित्दै सेनाल सन्देशले ब्लुस्टारको अग्रता दोब्बर पारे । उनले मछिन्द्रका डिफेन्डर रन्जित धिमाल र ओमोलाजा कारिमलाई विट गर्दै पेनाल्टी एरियाको दाँयातर्फबाट सुन्दर फिनिस गरेका थिए ।

त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । आज विजयी हुने टोलीले दोस्रो चरणमा भारतिय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर