त्रिदेशीय टी-२० विजेता नेपाली टीमलाई खेलकुदमन्त्रीले दिए बधाई – Nepal Press

त्रिदेशीय टी-२० विजेता नेपाली टीमलाई खेलकुदमन्त्रीले दिए बधाई

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।

नेपालले सोमबार घरेलु मैदानमा त्रिदेशीय टी-२० शृंखला जितेपछि मन्त्रीले क्रिकेट टीमलाई बधाई दिएका हुन् ।

नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जालमार्फत खेलाडीहरुलाई बधाई दिएका थिए ।

मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘त्रिदेशीय टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर