चर्च ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा बढुवा – Nepal Press

चर्च ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा बढुवा

काठमाडौं । साइमन लिम्बुको ह्याट्रिकमा बाँसबारी युथ क्लबलाई ५-१ गोलको नतिजामा पराजित गर्दै चर्च ब्वाइज युथ क्लब सहिद स्मारक‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चर्च ब्वाइजका साइमनले चार गोल गरे भने आशिष चौधरीले एक गोल गरे । बाँसबारीका लागि सन्जिव धिमालले सान्त्वना गोल गरे ।

खेलको सातौं मिनेटमा साइमनको गोलमार्फत चर्च ब्वाइजले अग्रता बनाएको थियो । आशिष चौधरीले १७औं मिनटमा चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

लगातार बाँसबारी माथि हावि भएको चर्च ब्वाइजका लागि साइनले ३७औं मिनेटमा तेस्रो गोल गरे ।

त्यसको चार मिनेट नबित्दै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै साइमनले व्यक्तिगत तेस्रो र टीमकालागि चौथो गोल गर्दै ह्याट्रिक पुरा गरे ।

पहिलो हाफमानै ४ गोलले पछि परेको बाँसबारीका लागि खेलको ५८औं मिनेटमा सन्जिव धिमालले एक गोल फर्काए । जुन बाँसबारीको जितका लागि पर्याप्त हुन सकेन ।

खेल सकिन नौं मिनेट बाँकी रहँदा चर्च ब्वाइजले पुनः पेनाल्टी पायो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै साइमनले व्यक्तिगत चौथो गोल गरे । त्यसपछि खेलको निर्धारित समयसम्मपनि थप गोल हुन सकेन ।

बाँसबारी माथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज दोस्रो डिभिजनमा बढुवा भएकै सिजन शिर्ष लिगमा बढुवा भएको छ ।

२०७५मा ‘सी’ डिभिजन क्वालिफायर बाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै ‘सी’ डिभिजन विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो ।

‘बी’ डिभिजन लिगमा एक खेल अगावै चर्च ब्वाइज शिर्ष डिभिजनमा उक्लिएको हो । जितसँगै शिर्ष स्थानमा ८ अंकको अग्रता बनाउँदै चर्च ब्वाइजले २६ अंक जोडेको छ ।

दोस्रो स्थानको रानि पोखरी टीम(आरसीटी)को १८ अंक छ । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ । अब दोस्रो स्थानमा रहेर लिग टुङ्ग्याउने एक टोली शिर्ष डिभिजनमा बढुवा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर