ब्याडमिन्टनका पदाधिकारी र खेलाडीलाई कसले धम्क्याइरहेको छ ? – Nepal Press

ब्याडमिन्टनका पदाधिकारी र खेलाडीलाई कसले धम्क्याइरहेको छ ?

काठमाडौं । नेपाली ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडीहरूले मंगलबार बिहानैदेखि एउटै व्यहोराको ‘स्क्रिनसट’ सामाजिक सन्जालहरूमा सेयर गरिरहेका छन् ।

पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली ब्याडमिन्टनमा प्रभाव बनाइरहेका रत्नजित तामाङ, विकाश श्रेष्ठ, दिपेश धामीलगायतले खेलाडीसहितलाई ‘ट्याग’ गरेर उक्त स्क्रिनसट सेयर गरिरहेका छन् ।

‘जय ब्याडमिन्टन’ नामक फेसबुक अकाउन्टबाट ब्याडमिन्टन संघका पदाधिकारी तथा खेलाडीलाई धम्क्याएर म्यासेज लेख्ने काम भइरहेको त्यसमा उल्लेख छ ।

स्क्रिन सटमा देख्न सकिन्छ, ‘विगत केही समयदेखि जय ब्याडमिन्टन नामको अज्ञात फेसबुक अकाउन्टबाट नेपाल ब्याडमिन्टन संघका केही पदाधिकारी तथा खेलाडीहरूका बारेमा नकारात्मक सन्देश दिने उदेश्यले भ्रमपूर्ण स्टाटस लेख्ने, खेलाडीहरुलाई धम्क्याएर म्यासेज लेख्ने काम भइरहेको छ ।’

पहिचान लुकाएर अकाउन्ट बनाएकाले आफूहरुबारे दुस्प्रचार गर्न, गाली गर्न र धम्क्याउनकै लागि सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको एक खेलाडीले गुनासो गरे ।

नेपाल ब्याडमिन्टन संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजीबहादुर श्रेष्ठविरुद्ध ‘फन्डा’ सृजना गर्न खेलाडीलाई ‘मोहरा’ बनाइरहेको ती खेलाडीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *