कमलसिंह ऐरीको सफल शल्यक्रिया – Nepal Press

कमलसिंह ऐरीको सफल शल्यक्रिया

काठमाडौं । त्रिदेशीय टी–२० श्रृङखलामा शनिबार मलेसियाविरुद्धको खेलमा घाइते भएका तिब्र गतिका वलर कमलसिंह ऐरीको शल्यक्रिया भएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियासँगको खेलको १८औं ओभरमा एनुल हफिजले चेभार एन्डतर्फ प्रहार गरेको बल बाउन्ड्री लाइन नजिकै डाइभ गरेर रोक्न खेज्दा उनको बाँयाभागको ब्युटिबोन भाचिएको थियो ।

त्यसलगतै, कलंकीस्थित नेसनल अस्पतालमा उनलाई भर्ना गरिएको थियो । आइतबार डाक्टर निरज केसी र निराजन सुवेदीको टोलीले उनको सफल शल्यक्रिया गरेको नेपाल क्रिकेट संघ(क्यान)ले जानकारी दिएको छ ।

कमललाई निको हुनलाई कम्तिमा ६ साता लाग्ने क्यानले जानकारी दिएको छ । उनी कहिलेदेखि मैदान फर्किने भने अनिश्चित छ ।

मलेसियाविरुद्धको खेलमा उनले दुई ओभर वलिङ गर्दै २० रन खर्चेर सुरुवाती दुई विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर