शनिवार थपिए ११ कोरोना संक्रमित – Nepal Press

शनिवार थपिए ११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८३ पीसीआर परीक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन् ।

हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *