एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक – Nepal Press

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

कैलाली । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् ।

त्यस्तै महिला तर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ परेकी छिन् । पुरुष तर्फ मनोनयनमा परेका प्रिन्स जुनियर तर्फको विश्व वरीयतामा १ नम्बरमा रहेका छन् ।

दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्ध शतक सहित टी-२० मा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् ।

नेपाली पुरुष फुटबलको टिममा परेका टेकेन्द्र थापाले पहिलो पटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले जावलाखेल यूथ क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

महिला तर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने घरेलु प्रतियोगिताहरूमा सानदार प्रदर्शन गर्दै आएकी छिन् ।

उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छिन् । उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले –भारतको नागा ल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् भने १५औँ र १६औँ संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिइन् ।

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर