दीपेन्द्र नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी – Nepal Press

दीपेन्द्र नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं । दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

घरेलु मैदानमा जारी मलेसियाविरुद्धको खेलमा शतकीय इनिङ खेलेका दीपेन्द्रले पूर्व कप्तान पारस खड्काको ७ सय ९९ रनको रेकर्ड ब्रेक गर्दै ९ सय ७९ रन बनाए ।

नेपालका लागि सर्वाधिक रन बनाउने तेस्रो खेलाडी ज्ञानेन्द्र मल्ल छन् । उनले ७ सय ४८ रन बनाएका छन् । कुशल भुर्तेल ५ सय ४८ सहित चौथो नम्बरमा छन् ।

आजको खेलमा अविजित रहँदै १ सय १० रन बनाएका दीपेन्द्र नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बने ।

यसअघि सन् २०१९मा युनाईटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पूर्व कप्तान पारस खड्काले पहिलो शतक बनाएका थिए । उनी उक्त खेलमा १ सय ६ रनमा अविजित रहेका थिए ।

यस्तै, २०१९ मै ज्ञानेन्द्र मल्ले भुटानविरुद्ध दोस्रो शतक बनाए । उनले १ सय ७ रन बनाएका थिए ।

हालै, यूएईमा सम्पन्न विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध कुशल भुर्तेलले शतक हान्दै तेस्रो खेलाडी बनेका थिए । कुशलले १ सय ४ रनको अविजित पारि खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर