दीपेन्द्रको शानदार शतकमा मलेसियालाई नेपालले दियो २२४ रनको लक्ष्य – Nepal Press

दीपेन्द्रको शानदार शतकमा मलेसियालाई नेपालले दियो २२४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रसिंह ऐरीको शतक र रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा २२३ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह एरीले सर्वाधिक १ सय १० रनको उत्कृष्ट शतकीए इनिङ खेलेर अविजित रहे ।

उनले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गरे ।

दिपेन्द्र नेपालबाट टी–२० अन्र्तराष्ट्रिय सतक बनाउने चौथो खेलाडी हुन् । यसअघि पारश खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले सतक बनाएका थिए ।

आसिफ शेख आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए ।

रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धसतकीय इनिङ खेलेर आउट भएका थिए । ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्रै बनाउन सफल भए ।

मलेसियाको वलिङमा मुहमद वाकिफ, पभनदिप सिंह, स्याजु्रल इडु्रस र मुहमद अमिरले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर