रोहितको पहिलो टी-२० अर्धशतक – Nepal Press

रोहितको पहिलो टी-२० अर्धशतक

काठमाडौं । रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले ३२ बलमा ५ चौकासहित ५० रन बनाए ।

उनले दिपेन्द्रसिंह ऐरीसँग ९१ रनको साझेदारी गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले जारी खेलमा १३ ओभरको समाप्तिमा २ विकेट गुमाएर १ सय २९ रन बनाएको छ । क्रिजमा दिपेन्द्र र रोहित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर