त्रिदेशीय शृङ्खलाः फाइनल पुग्न नेपाललाई हराउनैपर्ने दबाबमा मलेसिया – Nepal Press

त्रिदेशीय शृङ्खलाः फाइनल पुग्न नेपाललाई हराउनैपर्ने दबाबमा मलेसिया

काठमाडौं । त्रिदेशीय टी–२० शृङखलामा लिग चरणको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल नेपालका लागि भन्दा पनि मलेसियाका लागि महत्वपूर्ण रहनेछ ।

नेपाल एक खेलअगावै फाइनलमा पुगिसकेको छ । मलेसियाले एक खेल मात्रै जितको छ । यस्तै, पपुवा न्यूगिनि (पीएनजी)ले पनि एक खेल जितेको छ ।

आजको खेलमा मलेसियाले नेपाललाई हराउन सके स्वतः फाइनल यात्रा तय गर्नेछ । तर, नेपालसँग हारे पीएनजी फाइनलमा पुग्ने समीकरण छ ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको सानदार जीत निकालेको थियो । तेस्रो खेलमा पीएनजीमाथि ३७ रनको सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै मलेसियाले पीएनजीलाई पहिलो खेलमा ८ विकेटले पराजित गरेको थियो । शुक्रबार भएको पीएनजीको लिग चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हरायो ।

नेपालले मलेसिया अथवा पीएनजीसँग सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर