विश्वकप ‘ड्र’: कुन देश कुन समूहमा ? – Nepal Press

विश्वकप ‘ड्र’: कुन देश कुन समूहमा ?

काठमाडौं । कतार विश्वकप- २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् ।

कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टर’मा शुक्रबार राति भएको ‘ड्र खेल’मा फिफाले छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेको छ । ड्रअनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विभिन्न सहरहरुमा आयोजना हुँदैछ ।

विश्वकप ड्रः

समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम

समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया

समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता

समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया

समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर