यो साता १५ लाख कोभिडविरुद्धको फाइजर खोप भित्रियो – Nepal Press

यो साता १५ लाख कोभिडविरुद्धको फाइजर खोप भित्रियो

काठमाडौं । एक सातामा अमेरिकाले नेपाललाई १५ लाख डोज फाइजर खोप प्रदान गरेको छ । अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो।

अघिल्लो हप्ता ७ लाख ६६ हजार ३५० डोज खोप नेपाल आएको थियो । यसअघिनै आइपुगेको २३ लाख डोज खोपसहित थप ७ लाख ३२ हजार ४२० फाइजर खोप नेपाल आइपुगेको छ।

योसँगै अमेरिकी सरकारको सहयोगमा नेपालमा कोभिड १९ विरुद्धको खोप ३७ लाखभन्दा बढी भित्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *