त्रिदेशीय सिरिजमा पीएनजीको पहिलो जित : फाइनल पुग्ने आशा कायमै – Nepal Press

त्रिदेशीय सिरिजमा पीएनजीको पहिलो जित : फाइनल पुग्ने आशा कायमै

काठमाडौं । कप्तान आसाद भाला र टोनी उराको सतकीय साझेदारीमा मलेसियालाई ८ विकेटले पराजित गर्दै पपूवा न्यूगिनी(पीएनजी)ले त्रिदेशीय टी–२० शृङ्खलमा फाइनल पुग्ने आशा कायमै राखेको छ ।

यसअघि नेपाल लगातार तीन खेलमा जित निकाल्दै फाइनल पुगिसकेको छ । पीएनजीको लिग चरणको खेलहरु सकिएको छ । मलेसियाले भोलि नेपालसँग खेल्दैछ । भोलिको खेलमा नेपाललाई हराउनसके मलेसिया स्वतह फाइनल पुग्नेछ । यदि मलेसिया नेपालसँग हारेमा मलेसिया र पीएनजीबीच नेट रन रेटका आधारमा जो अगाडि रहन्छ उसैले फाइनलमा नेपालसँग उपाधिका लागि भिड्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डीङ रोजेको पीएनजीलाई मलेसियाले १ सय ९७ रनको लक्ष्य दिएको थियो । मलेसियाले दिएको १ सय ९६ रनको लक्ष्य पीएनजीले १७. ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

पीएनजीको जितमा कप्तान भाला र उरा १ सय ३७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । उरा ३४ बलमा २ चौका र १० छक्कासहित सर्वाधिक ८६ रन जोडेर अविजित रहे । यस्तै, भाला ५१ बलमा ८ चौका र एक छक्कासहित ७४ रन बनाउन सफल भए । पहिलो बलमा नै ओपनर लेगा सियाका आउट भएका थिए । चाल्स अमिनि २२ बलमा ५ चौकासहित २८ रन बनाएर पभेलिएन फर्किएका थिए ।

मलेसियाको वलिङमा मुहमद वाफिक र सैद अजिले समान एक विकेट लिए ।

यसअघि,टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाका लागि सैद अजिजे सर्वाधिक ६४ रनको योगदान गरेका थिए । उनले ३५४ बल खेल्दै ८ चौका र तीन छक्का प्रहार गरे । कप्तान अमेद फैजले ४३ बलमा ५ चौका र तीन छक्कासहित ६३ रन जोडे । अजिज र फैजले तेस्रो विकेटका लागि १ सय १५ रनको सतकिए साझेदारी गरेका थिए ।

ओपनर जुवैदी जुल्किफ २२ बलमा समान ४ चौका र छक्कासहित ४६ रन बनाएर आउट भए । अर्का ओपनर भिरन्दीप सिंह १० रनमा आउट हुँदा बाँकी कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

मलेसियाको वलिङमा कबुवा मोएराले सर्वाधिक ४ विकेट लिए भने चाड सोपेर र रिले हिकुरेले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर