प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगिता जेठ सात गते हुने – Nepal Press

प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगिता जेठ सात गते हुने

काठमाडौं । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता जेठ सात गते हुने भएको छ ।

प्रतियोगिता मुस्ताङको जोमसोममा हुने आयोजक नेपाली सेनाले जानकारी दिएको छ ।

यसअघि राष्ट्रिय खेलाडीहरुमात्रै सहभागी गराउँदै भएको प्रतियोगितामा यस पटक अन्तर्राष्ट्रिय टोलीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय १५ र अन्तर्राष्ट्रिय १० टोलीले प्रतियोगितामा सहभागिता जनाउने अनुमान रहेको छ ।

क्लाईम्बिङ,दौड र साइक्लिङ समावेश रेस २७ सय ८० देखि ३२ सयसम्मको उचाइमा हुनेछ । जसमा राष्ट्रिय स्तरका खेलाडीहरूलाई खुल्ला छनोट प्रक्रिया बाट चयन गरिनेछ ।

राष्ट्रिय खेलाडीले छनोटका लागि चैत्र १९ गतेदेखि वैशाख २० गतेसम्म सैनिक शारीरिक तालिम केन्द्र लगनखेलमा बिहान १० बजे देखी ४ बजेसम्म फारम दर्ता गर्नुपर्ने हुन्छ ।

क्लाईम्बिङ सय मिटर, दौड ४.७ किलो मिटर र साइक्लिङ १५.३५ किलो मिटर हुने प्रतियोगिताको कूल दुरी २०.२ किलोमिटर हुनेछ ।

एक टिममा दुई खेलाडी समावेश हुने प्रतियोगिताको विजेता ले पुरुष तर्फ तीन लाख र महिलातर्फ एक लाख प्राप्त गर्नेछन् ।

यस्तै, दोस्रो हुने पुरुषतर्फको टोलीले दुई लाख, महिलाले ७५ हजार र तेस्रो हुने पुरुषतर्फ एक लाख र महिला तर्फ ५० हजार रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर