करन केसीले गरे ह्याट्रिक – Nepal Press

करन केसीले गरे ह्याट्रिक

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका करन केसीले ह्याट्रिक गरेका छन् । उनी यस्तो सफलता प्राप्त गर्ने पहिलो नेपाली बलर हुन् ।

त्रिकोणात्मक शृंखलाअन्तर्गत विहीबार पपुआ न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करनले ह्याट्रिक गरेका हुन् । २० औँ ओभरको अन्तिम तीन बलमा उनले लगातार विकेट लिएका थिए ।

करनले ३.४ ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिए । २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजी ३७ रनले पराजित भयो । नेपालले लगातार तीन जित हात पार्दै श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।

करन केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटकै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । यसअघि उनले दुई पटक ४ विकेटसम्म लिएका थिए । करनले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक ४ विकेटसम्म लिएका छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेले दुईपटक कम्तीमा पाँच विकेट लिएका छन् । उनले चारपटक ४ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुईपटक ४ विकेट लिएका छन् । सोमपाल कामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तीमा पाँच विकेट र एक पटक ४ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर