एएफसी एसियन कप छनोटका लागि २४ खेलाडी प्रशिक्षण : नवयुग र विकासको पुनरागमन – Nepal Press

एएफसी एसियन कप छनोटका लागि २४ खेलाडी प्रशिक्षण : नवयुग र विकासको पुनरागमन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले एएफसी एसियन कप–२०२३ छनोटका लागि २४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

अब्दुल्लाहले नेपाल राष्ट्रिय फुटबल टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासलाई पुनरागमन गराएका छन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहेका थिए ।

प्रशिक्षक अब्दुल्लाहले टिममा कुनै पनि नयाँ खेलाडीलाई समावेश गरेका छैनन् । यस्तै जगजित श्रेष्ठ र आशिष लामा भने टोली बाहिर छन् । यस अघि टोलीमा डेब्यू गरेका सुदिप गुरुङ, आकाश बुढा मगर पनि टोली बाहिर नै रहेका छन् ।

समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । सबै खेल कुवेतमा हुनेछन् ।

प्रशिक्षणमा डाकिएका २४ खेलाडीः

गोलरक्षकः किरण कुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट
स्ट्राईकरः विमल घर्ति मगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर