टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

काठमाडौं । तीब्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पचास विकेट पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करणले लेगासियालाई आसिफ शेख बाट क्याच आउट गराउँदै उनले ५०औं विकेट पूरा गरे । करणले जारी खेलमा नेपालका लागि २ विकेट लिएका छन् ।

नेपालका लागि ५० विकेट पूरा गर्ने उनी दोस्रो खेलाडी हुन् । उसअघि कप्तान सन्दीप लामिछानेले ५० विकेट पूरा गर्दै नेपालबाट टी-२० मा ५० विकेट पूरा गर्ने पहिलो खेलाडी बनोका थिए ।

घरेलु मैदानमा आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले दिएको २ सय ४ रनको विजयी लक्ष्य पछ्याइरहेको पीएनजी ९ ओभरको समाप्तीमा २ विकेट गुमाएर ७९ रन बानाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर