पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल : आदिलको डेब्यू – Nepal Press

पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल : आदिलको डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसिया सम्मेलीत त्रिदेशिय टी–२० सिरिजको आफनो तेस्रो खेलमा पपुवा न्यूगिनि(पीएनजी)विरुद्ध टस हारेर पहिला ब्याटिङको गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलबाट आदिल अन्सीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । अदिलको डेब्यूसँगै टिमा एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा आदिल अन्सरीलाई टिममा समावेश छन् ।

पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालई ६ विकेटले पराजित गरेको थियो । आज पीएनजीलाई हराए नेपाल एक खेल अगावै फाईनल प्रवेश गर्नेछ ।

पीएनजीले भने पहिलो र दोस्रो खेलमा लगातार हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आदिल अन्सरी र रोहित पौडेल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर