मलेसियाविरुद्ध सहज जितमा सन्दीपले दिए बलरलाई श्रेय – Nepal Press

मलेसियाविरुद्ध सहज जितमा सन्दीपले दिए बलरलाई श्रेय

काठमाडौं । सँधै बलिङलाई मुख्य हतियार बनाइरहेको नेपाली क्रिकेट टिम घरेलु मैदानमा सम्पन्न पपुवा न्यूगिनि (पीएनजी) विरुद्धको एकदिवसीय सिरिजमा बलिङमै चुक्यो । पीएनजीविरुद्धको एउटा खेलमा नेपालका एकै बलरले ८१ रन सम्म खर्चिएका थिए ।

तर, आज घेरेलु मैदानमै भएको मलेसियाविरुद्धको टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालको बलिङ पुरानो लमा फर्कियो । मलेसियाका ओपनर ब्याट्समेन भिरन्दीप सिंहलाई पहिले बलमै करण केसीले बोल्ड गराउँदै पभेलियन फर्काएर उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटका लागि मलेसियाले आक्रामक साझेदारी गरेको थियो । तर, ६.५ ओभरमा कुशल मल्लले अर्का मुख्य ब्याट्सम्यान जुबैदी जुलकीफाइललाई बोल्ड आउट गराएर नेपाललाई खेलमा फर्काए । तेस्रो नम्बरमा क्रिजमा आएका कप्तान अहमद फैजसहित सैद अजिज र मुहमद अमिर बाहेक कुनै पनि मलेसियन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसिया २० ओभरमा १ सय १४ रन मात्रै बनाउन सफल भयो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य १३.४ ओभरमा भेट्दै नेपालले लगातार दोस्रो जित निकालेको छ । खेलपछि बोल्दै कप्तान सन्दीप लामिछानेले जितको श्रेय बलरहरुलाई दिएका छन् । उनले आजको जित वलरहरुको उत्कृष्ट प्रदर्शनले नै सहज भएको बताए ।

‘जित सहज भएको भन्दा पनि हामीले सहज बनाएका हौं । बलरहरुको प्रदर्शन राम्रो रहयो । सुरुवाती विकेटहरुले अझ सहज भयो,’ उनले भने ।
सन्दिपको भनाइमा ब्याटिङ गर्न पिच सहज पनि थिएन, गाह्रो पनि थिएन ।

उनले भने, ‘केही ब्याट्सम्यानहरुले पनि राम्रो प्रदर्शन गरे तर जितको श्रेय बलारलाई जान्छ । मलाई लाग्छ सबै बलरहरुले आफ्नो तर्फबाट ज्यान दिएर खेले ।’

अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेका मलेसियाका मुख्य ब्याट्सम्यानको सुरुमै विकेट लिनु नेपालका लागि बोनस भएको सन्दिपले बताए ।

‘त्यसपछि खेलभरि नै हाम्रो वलिङ पक्ष राम्रो रह्यो । ब्याटिङ पनि हामीले राम्रो गर्न सक्यौं र १३.४ ओभरमा स्कोर चेज गर्नु आर्को खेलका लागि सकारात्मक पक्ष हो,’ उनले भने ।

प्रतिक्रिया

One thought on “मलेसियाविरुद्ध सहज जितमा सन्दीपले दिए बलरलाई श्रेय

  1. Our player played best sports as team member .we have to salute them being nepali player. I salute them.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर