मलेसियाविरुद्ध आसिफको अर्धशतक – Nepal Press

मलेसियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौं । त्रिदेशीय सिरिज अन्तरगत जारी मलेसियाविरुद्धको खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय १५ रनको विजयी लक्ष्य पच्छ्याईरहेको नेपालका लागि ओपनिङमा आएका असिफले ३२ बलमा ६ चौका र एक छक्कासहित ५० रन बनाए ।

ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा गुमाएको नेपालले १० ओभरको समाप्तीमा दुई विकेट गुमाउँदै ८२ रन बनाएको छ ।

क्रिजमा आसिफ र दिपेन्द्रसिंह ऐरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर