मलेसियाले दियो नेपाललाई १ सय १५ रनको सामान्य लक्ष्य – Nepal Press

मलेसियाले दियो नेपाललाई १ सय १५ रनको सामान्य लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रनको योगफल तयार गर्न सफल भयो ।

पहिलो बलमै ओपनर भिरन्दीप सिंहलाई गुमाएको मलेसियाका लागि जुबैदी जुल्किफले १५ बलमा ३ चौका र दुई छक्कासहित सर्वाधिक ३२ रनको योगदान गरे । कप्तान अमाद फेइज २४ रनमा पभेलियन फर्किए । उनले ३८ बल खेल्दै तीन चौका प्रहार गरेका थिए ।

सेइद अजिज १४ रन, मुहमद अमिर १६ रन बनाएर आउट भए । त्यसपछि अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले र करन केसीले समान दुई विकेट लिए ।

सन्दीपले चार ओभरमा २७ रन खचिँदै दुई विकेट लिए भने करणले तीन ओभरमा १६ रन खर्चिएका थिए । अविनास बोहरा, कुशल मल्ल, दिपेद्रसिँह ऐरीले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर