टस हारेर पहिला फिल्डिङमा नेपालः दीलिपको डेब्यू – Nepal Press

टस हारेर पहिला फिल्डिङमा नेपालः दीलिपको डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा टस हारे फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । यो खेलबाट दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । लोकेश बमलाई बेन्चमा राख्दै दीलिपले टिममा स्थान बनाएका हुन् ।

पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले हराएको नेपाल जितलय लाई निरन्तरता दिने लक्ष्यमा छ । मलेसियाले पनि पीएनजीलाई ८ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल र मलेसियाको समान दुई अंक छ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर