नेपालसँग भिड्नुअघि मलेसियाले पीएनजीलाई हरायो – Nepal Press

नेपालसँग भिड्नुअघि मलेसियाले पीएनजीलाई हरायो

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा मलेसियाले पपुआ न्युगिनीमाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा मङ्गलवार एक सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो ।

अन्तिम दुई ओभरमा २२ रन आवश्यक भएको पीएनजीले १९ औँ ओभरमा ७ रन मात्र जोडेको थियो । २० औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका नोसैना पोकना तेस्रो बलमा आउट भएका थिए ।

मलेसियाका सर्भिन मुनियान्दीले चार तथा मुहम्मद वाफिक र पवनदिप सिंहले ३/३ विकेट लिएका थिए ।

पीएनजीका टोनी उराले ५६ र नर्मन भानुआले ४६ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान विरनदिप सिंहले अविजित ५९ र कप्तान अहमद फैजले ५६ रन बनाएका थिए ।

मलेसियाले दोस्रो खेलमा बुधवार नेपालसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर