नाटा चुनाव- विनय बस्नेत नेतृत्वको ‘हाम्रो समूह’ले गर्‍यो प्यानल घोषणा – Nepal Press

नाटा चुनाव- विनय बस्नेत नेतृत्वको ‘हाम्रो समूह’ले गर्‍यो प्यानल घोषणा

काठमाडां । ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को बुधवार हुने निर्वाचनका लागि विनय बस्नेत नेतृत्वको व्यावसायिक प्यानलले हाम्रो समूह’को नामबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बस्नेत नेतृत्वको प्यानल सार्वजनिक गरेको हो । बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुधीर कुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ उम्मेदवार भएका छन् ।

त्यस्तै सचिवमा प्रज्ञ शर्मा,कोषाध्यक्षमा सुदर्शन नेपाल,सह कोषाध्यक्षमा गीता ढकाल रेजु छन् भने कार्यकारी समितिका लागि विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा ,सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेको विनय बस्नेत नेतृत्वको हाम्रो समूहले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

हाम्रो समूहले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर तथा व्यवसाय धराशायी भएको भन्दै आफूहरूले जितेपछि गरिने कामहरूसहित घोषणापत्र समेत सार्वजनिक गरेको छ ।

बस्नेत समूहले तत्काल व्यवसाय प्रवर्द्धन गर्न नाटा सेल्स मिसन आयोजना गरी चीन, भारत, बंगलादश, श्रीलंकामा विशेष प्रवर्द्धन प्याकेजसहित प्रचार प्रसार गरिने जनाएको छ ।

त्यस्तै लामो समयदेखि समस्यामा रहेको पर्यटक बस पार्कको समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य गरी काठमाडौंमा पर्यटक बसपार्क निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बस्नेतले बताए ।

हाम्रो समूहले दर्ता बिना अनलाइन टिकेटिङ गरिरहेका कम्पनीहरूलाई निरुत्साहित गर्ने र नाटाका सदस्यहरू टिकेटिङ एजेन्सीहरूलाई जिडिस प्रणालीमा ल्याउने जनाएको छ ।

तस्बिरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *