पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल
नेपाल प्रेस
२०७८ चैत १४ गते १३:००
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनि (पीएनजी) विरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ थालेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपलाले २.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ ।
नेपाल ४.४ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ ।
नेपालको प्लेइङ–११ः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।
प्रतिक्रिया