कोरोना बढेपछि चीनको सांघाईमा लकडाउन घोषणा – Nepal Press

कोरोना बढेपछि चीनको सांघाईमा लकडाउन घोषणा

बेइजिङ । चीनमा पछिल्लो समयमा कोरोनाभाइरसका नयाँ संक्रमित हुनेको संख्या बढ्दै गएकोले सांघाईमा लकडाउन घोषणा गरिएको छ। कोरोना माहामारी सुरु भएदेखि यता चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन गरिएको हो ।

सांघाईमा नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन हुने बीबीसीले जनाएको छ । सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिन (एप्रिल १) सम्म घरभित्रै बस्न भनिएको छ।

अत्यावश्येक बाहेकका कामहरुमा प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक यातायातमा रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूको काम कार्यालयबाहिरैबाट गर्नुपर्नेछ भने सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ।

चीन सरकारले मानिसहरूको ठूलो संख्यामा कोरोनाभाइरस परीक्षण गरी संक्रमण पुष्टि हुनेलाई अस्पताल वा क्वारन्टीनमा पठाउने गरेको छ।

सांघाई चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्र भएकाले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको बढिरहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *