चैत २५ देखि वैशाख १८ सम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै  – Nepal Press

चैत २५ देखि वैशाख १८ सम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै 

काठमाडौं । सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको  हो ।

सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप अभियानपछि टाइफाइड विरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी रहेको  छ । १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिने जनाइएको छ ।

मन्त्रालयले खोप लगाउने निश्चित मिति र स्थानको बारेमा नजिकको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा सम्पर्क गर्न समेत आव्हान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *