एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका रोहित टि–२० टिममा थपिए – Nepal Press

एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका रोहित टि–२० टिममा थपिए

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान रोहितकुमार पौडेल टि–२० टिममा पनि समावेश भएका छन् । आजबाट सुरु हुने पीएनजी र मलेसियासँगको त्रिकोणात्मक टि–२० सिरिजमा रोहितले स्थान बनाएका हुन् ।

यसअघि घोषित टिममा रोहितलाई एकदिवसीयमा मात्रै राखिएको थियो । पीएनजीविरुद्धको पहिलो एकदिवसीय म्याचमा उनले शानदार सतक बनाएका थिए । उक्त प्रदर्शनसँगै उनी नेपालका लागि एकदिवसीयमा सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान बनेका छन् ।

टि–२० मा भने रोहितले अहिलेसम्म उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । तर, घरेलु मैदानमा हुने यस त्रिकोणात्मक सिरिजमार्फत उनले आफूलाई टि–२० मा पनि स्थापित गर्ने अवसर मिलेको छ । आज म्याच सुरु हुनुअघि नेपाल क्रिकेट संघले उनलाई टि–२० स्क्वाडमा समावेश गरिएको जानकारी फेसबुकपेजमा दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर