नेपाल चोनबुरी एफसीसँग पराजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँगको मैत्रीपूर्ण खेलमा ३–१ गोलको नतिजामा पराजित भएको छ ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा भएको खेलमा चोनबुरीको जितमा पान्थामित प्रापान्त, रेनाटो केलिक र नाट्टापोङ डेडुएचाटले गोल गरे ।
नेपालका लागि सब्सिट्युट खेलाडी दर्शन गुरुङले सान्त्वना गोल गरेका थिए ।
खेलको ३०औँ मिनेटमा पान्थामितको गोलमा अग्रता लिएको चोनबुरीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । रेनाटोले ६६औँ मिनेटमा गोल गर्दै चोनबुरीको अग्रता दोब्बर पारे ।
यस्तै, ८३औँ मिनेटमा दर्शन गुरुङले नेपालका लागि पहिलो गोल गरे । जुन जितका लागि पर्याप्त बन्न सकेन ।
खेलको इन्जुरी समयमा चोनबुरीका लागि नाट्टापोङले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
एएफसी एसियन कप तेस्रो चरणको तयारीका लागि थाइल्यान्डको राष्ट्रिय फुटबल टोली र चोनबुरीसँग दुई मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले दुवै खेलमा पराजय बेहोरेको छ ।
पहिलो खेलमा नेपालले सँग २–० को हार बेहोरेको थियो ।