चोनबुरीविरुद्ध गोलरक्षक दीप र प्रशान्तलाई मौका, अनन्त कप्तान
काठमाडौं । थाइल्यान्ड शीर्ष डिभिजन क्लब चोनबुरी एफसीविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोनबुरीविरुद्ध अनन्त तामाङको कप्तानीमा युवा खेलाडीलाई मौका दिएका छन् । जहाँ राष्ट्रिय टोलीबाट डेब्यु नपाएका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थी समेत रहेका छन् ।
यस्तै सन्तोष तामाङ, नविन गुरुङ, आशिष लामा र सुभाष गुरुङले समेत मौका पाएका छन् ।
यस अघि नेपालले थाइल्यान्डविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो ।
नेपाली टोली
गोलरक्षक: दीप कार्की
रक्षक: सुमन अर्याल, अनन्त तामाङ (कप्तान), दिनेश राजवंशी, गौतम श्रेष्ठ
मिडफिल्डरः सन्तोष तामाङ, नविन गुरुङ, एरिक विष्ट , सुभाष गुरुङ
स्ट्राइकर: आशिष लामा, प्रशान्त अवस्थी