पाएको अवसर सदुपयोग गर्न नसक्दा शतक हानेर पनि मज्जा आएन : रोहित पौडेल – Nepal Press

पाएको अवसर सदुपयोग गर्न नसक्दा शतक हानेर पनि मज्जा आएन : रोहित पौडेल

काठमाडौं । नेपाली युवा ब्याट्सम्यान रोहित पौडेलले एकदिवशीय सिरिज अन्तर्गत शुक्रबार घरेलु मैदानमा सम्पन्न पपुवा न्युगिनि विरुद्धको खेलमा आफ्नो शतकीय प्रदर्शनका बाबजुद पनि नेपालले हार्दा शतक हानेको मज्जा नआएको प्रतिक्रिया दिएका छन् ।

‘शतक हाने, जितेको भए धेरै नै खुसी हुन्थे । राम्रो फिनिसिङ गर्न सकिन दुई तीन वटा अवसर थियो यसअघि यूएईमा भएको खेलमा यूएईसँग र पीएनजीसँग पनि तर आज पनि त्यही अवसर थियो सदुपयोग गर्न सकिन त्यसैले शतक हाने पनि मजा आएन, उनले भने ।’

‘मैले शतक हानेपछिपनि राम्ररी सेलिब्रेट गरेको थिइन राम्ररी फिनिसिङ गर्छु भन्ने सोचेको थिए । तर हुन सकेन अर्को पटक प्रयास गर्नेछु, लगातार राम्रो पदर्शन भइरहेको छ । यसका लागि धेरै नै खुसी छु ।’ रोहितले थपे ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । पीएनजीले नेपाललाई दिएको २ सय ९३ रनको लक्ष्य चेज गर्ने क्रममा नेपाल नाटकीय रूपमा हारेको थियो ।

खेल पछि बोल्दै मुख्य प्रशिक्षक पुवुदु दासानायकेले खेलहारेपनि टिममा मन बुझाउनका लागि धेरै सकारात्मक पक्ष रहेको बताएका छन् ।

‘हामीले जित्न सकेनौँ त्यो एकदमै निरासजनक रह्यो। हामीले जसरी ब्याटिङ गर्‍यौँ त्यसको लागि म असाध्यै खुसी छु । खेल हारे पनि हेर्नु पर्ने धेरै सकारात्मक पक्षहरू छन् । हामीले शतक बनायौँ । रोहित र आरिफले शतकीय साझेदारी गरे । र सुधार गर्नु पर्ने पनि धेरै कुरा छन् । रोहितको प्रदर्शन बाट असाध्यै खुसी छ, उसले पछिल्लो समय जिम्मेवारी लिएर खेलिरहेको छ,’ उनले भने ।

यस्तै,कप्तान सन्दीप लामिछानेले जित्नसकिने खेल हारेको र रोहितको प्रदर्शनले आफू प्रभावित भएको बताए ।

‘आजको खेल दुवै टीमका लागि राम्रो थियो । तर हार्नु राम्रो हुँदैन कहिले पनि बलिङमा हामीले ३०/४० रन बढी दियौँ । हामीले पिच जस्तो आसा गरेको थियौँ त्यो भन्दा फरक पायौं । र पीएनजीका ब्याटरहरुको प्रदर्शनको कदर गर्नुपर्छ, उनले भने ।’

‘यो खेल हामीले चेज गर्न सक्थ्यौँ जस्तो लाग्छ । तर दुर्भाग्यवश त्यो भएन रोहितले खेलेको इनिङ मैले अहिलेसम्म आफ्नो आँखाले देखेको सबैभन्दा उत्कृष्ट इनिङ हो । जुन फर्ममा रोहित अहिले छ त्यसको लागि उसले शतक डिजर्व गर्छ । हाम्रो विकेटहरू क्रमशः खस्यो त्यो विकेटहरुको महत्त्व ब्याटरहरुले बुझ्न एकदमै जरुरी छ ।’ सन्दीपले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर