रोहित पौडेलको शानदार शतक – Nepal Press

रोहित पौडेलको शानदार शतक

ओडीआईमा शतक हान्ने दोस्रो नेपाली खेलाडी

काठमाडौं । रोहित पौडेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने खेलाडी बनेका छन् ।

यसअघि पारस खड्काले मात्रै एकदिवशीय क्रिकेटमा नेपालका लागि शतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनिले दिएको २ सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याई रहेको नेपालका लागि रोहितले ९१ बलमा सात चौका र २ छक्कासहित शतक प्रहार गरे ।

रोहितको शतकीयइनिङ र आरिफसँगको शतकीय साझेदारीमा नेपालले ४०.५ ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको छ । नेपाललाई जितका लागि ९ ओभरमा ७२ रनको आवश्यकता रहेको छ ।

उनले आजकै खेलमा नेपालका लागि ओडिआईमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

यस्तै, नेपालका लागि सबै भन्दा धेरै अर्धशतक बनाउने पनि उनी पहिलो खेलाडी बने । आजकै खेलमा रोहित र आरिफ शेखले नेपालका लागि ओडीआईमा सर्वाधिक धेरै १०४ रनको साझेदारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर