ओडिआईमा रोहितको कीर्तिमानी अर्धसतक – Nepal Press

ओडिआईमा रोहितको कीर्तिमानी अर्धसतक

काठमाडौं । रोहित पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी अर्धसतक बनाएका छन् । उनी नेपालबाट ओडिआईमा सबै भन्दा धेरै अर्धसतक बनाउने खेलाडी बनेका छन् ।
यसअघि ज्ञानेन्द्र मल्लको नाममा चार अर्धसतकको रेकर्ड बराबरी गरेका रोहितले उक्त रेकर्ड तोडेका छन् ।  पपुवा न्यूगिनि विरुद्धको खेलमा उनले ५४ बल खेल्दै ५० रन बनाए । उनको यो पाँचौँ अर्धसतक हो ।
नेपाबाट धेरै अर्धसतक बनाउने तेस्रो नम्बरमा पारस खड्का छन् । पारसको नाममा दुई अर्धसतक छ ।
त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनिले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याई रहेको नेपाल सुरुवाती चार विकेट गुमाएको अवस्थामा आरिफ शेखसँग ६१ रनको साझेदारी गर्दै रोहितले नेपाललाई केही सहज अवस्थामा पुर्‍याएका छन् ।
उनी जारी खेलमा नेपालबाट सबै भन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर