पपुआ न्युगिनीले नेपाललाई दियो २ सय ९३ रनको लक्ष्य – Nepal Press

पपुआ न्युगिनीले नेपाललाई दियो २ सय ९३ रनको लक्ष्य

काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रि क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पपुआ न्युगिनी–पीएनजीले २ सय ९३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोड्यो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीले नेपालविरुद्ध बनाएको यो अहिलेसम्मकै सबैभन्दा बढी रन हो।

पीएनजीका चार्ल्स अमिनीले ७७, कप्तान असाद भालाले ६०, टोनी उराले ३८, रिले हाकुरेले ३१ र नर्मन भानुआले ४७ रन बनाए । नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २–२ तथा सन्दीप लामिछाने र पवन सर्राफले एक एक विकेट हात पारे।

२१ रन जोड्दा पहिलो विकेट गुमाएको पीएनजीले दोस्रो विकेटका लागि ४९, तेस्रो विकेटका लागि ७४ र पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर