सम्पत्ति अभिलेख गरौँ, वैधानिक सम्पत्ति पनि अवैध देखिएर समस्या भयोः अग्रवाल – Nepal Press

सम्पत्ति अभिलेख गरौँ, वैधानिक सम्पत्ति पनि अवैध देखिएर समस्या भयोः अग्रवाल

काठमाण्डौं । नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य सन्जिव अग्रवालले उद्याेगीहरुको सम्पत्ति  सबैले अभिलेख गर्नु पर्ने बताएका छन् । उनले आज अर्थसमितिले निजी क्षेत्रसँग गरेकाे छलफलमा सो कुरा बताएका हुन् ।

अग्रवालले वैधानिक सम्पत्ति पनि अवैध भएकाले निजी क्षेत्र समस्यामा परेको बताए । आफ्नो बुवा र हजुरबुबादेखि उद्याेग सञ्चालन गरेको भए पनि अहिले त्यही सम्पत्ति अवैध देखिएर समस्या देखिएको उनको भनाइ छ ।  ‘कालो धनलाई वैधानिक बनाउने हैन । नेपालमा कर तिरेको सम्पत्ति मात्रै वैधानिक हुने व्यवस्था रहेको छ ।’ उनले भने-‘एक पटक सम्पत्ति अभिलेख गरौं । राज्यलाई पनि आफ्नो नागरिकसग कति पैसा छ भनेर बुझ्न् पर्छ ।’

अहिले २५ प्रतिशत मात्रै नगद पैसा बजारमा देखिएको र  बाकी ७५ प्रतिशत नगद पैसा बैंकमा नआएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *