थाइल्यान्डविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक – Nepal Press

थाइल्यान्डविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक

काठमाडौं । थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको सुरूआती ११ सार्वजनिक भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक विष्टले उनीहरूलाई सहयोग गर्नेछन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ र आयुष घलान छन् ।

यसैगरी नेपाली टोलीको अग्रपंक्ति दर्शन गुरुङ, अन्जन विष्टले सम्हाल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर