नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै – Nepal Press

नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नपाली राष्ट्रिय फुटबल टोलीले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ ।

चोनबुरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुँदैछ ।

फिफा वरियतामा नेपालभन्दा धेरै माथि रहेको थाइल्यान्डसँग नेपालले अन्तिम पटक सन् २००८ प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ७–० को नतिजमा हारेको थियो । हाल नेपाल फिफा वरियताको १ सय ६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२ औं स्थानमा रहेको छ ।

दुवै टोलीका लागि यो खेल एएफसी एसीया कप २०२३ छनोट तेस्रो चरणको तयारिको रुपमा रहेको छ । नेपाल एएपसी कप छनोटको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसँगै जोर्डन , कुवेत र इन्डोनेसिया रहेका छन् ।

यस्तै, थाइल्यान्ड समूह ‘सी’ मा रहेको छ । थाइल्यान्डसँगै समूह ‘सी’ मा माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान छन् । थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमः

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की

रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी

मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर