सुनको मूल्य एक हजार एकसय रुपैयाँ बढ्याे – Nepal Press

सुनको मूल्य एक हजार एकसय रुपैयाँ बढ्याे

काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको हो ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *