२० अंकले घट्यो सेयर बजार – Nepal Press

२० अंकले घट्यो सेयर बजार

काठमाडौं । पछिल्लो दुई दिन वृद्धि भएको सेयर बजार आज घटेको छ । आज सेयर बजार २०.३४ अङ्कले घटेको छ । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३० मा झरेको छ ।

२ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २६ वटा कम्पनीका ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य राष्ट्र उत्थान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । भने, एनआईसी एसिया बैंकको सबैभन्दा सेयर कारोबार भएको छ । सो बैंकको ८ करोड ४१ लख ९४ हजार ६ सय रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *