एक नम्बर न्यायाधीशको इजलासमा पल शाहको थुनछेक बहस, १७ जना कानून व्यवसायीले बहस गर्ने ! – Nepal Press

एक नम्बर न्यायाधीशको इजलासमा पल शाहको थुनछेक बहस, १७ जना कानून व्यवसायीले बहस गर्ने !

काठमाडौं । पल शाहविरुद्धको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।

जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा बहस केहीबेरअघि सुरु भएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ।

कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीतर्फबाट १० जना कानुन व्यवशायीले वकालतनामा दर्ता गराएका छन्।
‘अहिलेसम्म १७ जना कानुन व्यवशायीको वकालतनामा दर्ता भएको छ। पछि बढ्न पनि सक्छ’, कुँवरले भने।

बहस गर्न वकालतनामा दर्ता अनिवार्य हुन्छ। तर वकालतनामा दर्ता गराएका सबैले बहस गर्छन् भन्ने निश्चित भने हुँदैन। दुवै आरोपी शाह र कृष्ण जोशीको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

थुनछेकको बहसपछि न्यायाधीशले उनिहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश सुनाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *