युक्रेनको मारिओपलमा एक लाख मानिस बिचल्लीमा, रोकिएन रुसी आक्रमण – Nepal Press

युक्रेनको मारिओपलमा एक लाख मानिस बिचल्लीमा, रोकिएन रुसी आक्रमण

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह सहरमा करिब एक लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करिब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन। त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ’, राष्ट्रपतिले भने ।

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए ।
एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार सहरबाट उद्धार गरिएको छ ।

यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले एक लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *