पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय टोलीमा परेनन्, विनोद र शरद पनि आउट – Nepal Press

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय टोलीमा परेनन्, विनोद र शरद पनि आउट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टिमबाहिर परेका छन् । निरन्तर खराब प्रर्दशन गरिरहेका मल्ल र बिनोद भण्डारीलाई बाहिरै राखेर क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एकदिवसीय र टी-२० टिमको घोषणा गरेको हो । त्यस्तै राष्ट्रिय टोलीका भेट्रान खेलाडी शरद भेषवाकर पनि दुवै सिरिजका लागि घोषित टोलीमा परेका छैनन् ।

२५ मार्चदेखि नेपालले काठमाडौंमा पपुवा न्युगिनीविरुद्ध २ खेलको एकदविसीय सिरिज खेल्दैछ । त्यस्तै पपुवा न्यूगिनीसहित मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंलासमेत काठमाडौंमै आयोजना हुँदैछ । उक्त दुवै सिरिजका लागि घोषित नेपाली टोलीमा मल्ल र भण्डारी अटाएका छैनन् ।

ओमानमा सम्पन्न चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृंखला र त्यसपछि आयोजित टी-२० विश्वकप छनोटमा ज्ञानेन्द्रले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए ।

उनी हाल यूएईमा विश्वकप लिग-२ अन्तर्गत पपुआ न्युगिनी र यूएईसम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेलिरहेका छन् । शृंखला समाप्त हुँदा नेपालले यूएईविरुद्धका दुवै खेल हार्‍यो भने पपुआ न्युगिनीविरुद्धका दुवै खेल जित्यो ।

आशिफ शेख र कण केसी पनि एकदिवसीय टोलीमा समेटिन सकेनन् । उनीहरु टी-२० को टोलीमा भने समावेश छन् ।

क्यानले सार्वजनिक गरेको एकदिवसीय तर्फको टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशान भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की रहेका छन् ।

टी–ट्वान्टीतर्फ कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी टोलीमा समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर