पीएनजीले नेपाललाई दियो १७४ रनको लक्ष्य – Nepal Press

पीएनजीले नेपाललाई दियो १७४ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग-२ अन्तरगत यूएईमा जारी म्याचमा नेपाललाई पपुपा न्यूगिनीले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै पिएनजीले १७३ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रेका पीएनजीविरुद्ध नेपालले सुरुवातदेखि कसिलो बलिङ गरेको थियो । १२ रनमै ओपनर टोनी उरालाई सोमपाल कामीले र ३३ रनको अवस्थामा अर्का ओपनर लेगा सिकालाई करण केसीले आउट गरे । पीएनजीका लागि कप्तान असद भालाले धैर्यतापूर्वक ब्याटिङ गर्दै ९६ बलमा ४५ रन बनाए ।

नेपालले नियमित विकेट लिइरहने पनि पीएनजीलाई अलआउट गर्न सकेन । फलतः नेपालका लागि चुनौतिपूर्ण हुन सक्ने लक्ष्य पीएनजीले पेश गर्न सफल भएको छ ।

नेपालका सबै बलरहरुले आपसमा विकेट बाँडेका छन् । कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । त्यस्तै, करण केसी, दिपेन्द्र ऐरी, आरिफ शेख र पवन सर्राफले १–१ विकेट लिएका छन् ।

आजको खेलमा नेपालले अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई बेञ्चमा राखेको छ । उनको स्थानमा भीम सार्की टिममा समावेश गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर